मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमणको सम्भावना: ट्रम्पको चेतावनी

१६ असोज, काठमाडौं । अमेरिका पश्चिम एसियामा आफ्नो सैनिक उपस्थिति अझ सुदृढ गर्दैछ। करिब ९ हजार सैनिकसहित अमेरिकी युद्धपोत थियोडोर रुजवेल्ट पनि उक्त क्षेत्रमा पठाइएको छ। अहिलेसम्म यूएसएस जर्ज डब्लु बुस र यूएसएस जर्ज वाशिङ्टन त्यहाँ तैनाथ छन्। रुजवेल्टको समेत आगमनपछि अक्टोबरको अन्त्यसम्ममा पश्चिम एसियामा तीनवटा अमेरिकी एयरक्राफ्ट क्यारियर सक्रिय रहनेछन्। यस कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमणको संकेत भएको बेला चालिएको हो। ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि इरानमाथि आक्रमण हुन सक्ने सम्भावना औंल्याएका थिए। उनले अघिल्लो पटक इरानको युद्धविराम प्रस्तावलाई अस्वीकार गरिसकेका छन्।
ट्रम्पको आदेशको प्रतिक्षामा अमेरिकी सेना अल जजिरा अनुसार, नोभेम्बरको अन्त्यसम्ममा इरान वरिपरि अमेरिकी तीन वटा युद्धपोत र दुई वटा मरिन युनिट तैनाथ हुन सक्नेछन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताए, राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको आदेश दिए अमेरिकाली सेना पूर्ण रूपमा तयार छ। ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानको युद्धविराम प्रस्ताव आफूले अस्वीकार गरेको उल्लेख गरेका थिए। इरानले होर्मुज स्ट्रेट पुनः खुला गर्ने प्रस्ताव राखे पनि ट्रम्पका अनुसार त्यो अमेरिकाका लागि पर्याप्त थिएन।
उक्त प्रस्तावको खारेजपछि ट्रम्पले नोभेम्बर ३ को चुनावपछि इरानमाथि आक्रमण बढ्न सक्ने सम्भावना नकार्न नसकिने बताएका थिए। गत हप्ता संयुक्त राष्ट्र महासभामा पनि ट्रम्पले आफू चाहेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने बताएका थिए। अमेरिकाले इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु युद्धको प्रमुख उद्देश्य मध्येको एक भएको बताउँदै आएको छ। इरानले युद्ध अन्त्यका लागि सात दिने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो, जसमा होर्मुज जलडमरु पुनः खुला गर्ने र परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने कुरा थियो। तर अमेरिकाले प्रस्ताव खारेज गर्यो।
इरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार इरान सम्झौताअन्तर्गत होर्मुज जलडमरु खोल्न तयार छ, तर विदेशी नाकाबन्दीमा रोकिएका सम्पत्ति र पैसा फुकुवा गर्नुपर्ने तथा तेल विक्री गर्न पाउनुपर्ने सर्त राखेको छ। उनले यो मागलाई गत जुन महिनाको अस्थायी युद्धविराम समझदारी पत्र समान बताए। तर दुवै पक्षका आक्रमणपछि सम्झौता भंग भएको थियो। फेब्रुअरी २८ देखि अमेरिका-इरान युद्ध विस्तार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। इरानले जवाफमा इजरायल र अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गरेको थियो। अमेरिका इरानको आणविक क्षमता कमजोर पार्ने लक्ष्य राखेको छ। इरान भने आफ्ना परमाणु कार्यक्रमलाई शान्तिपूर्ण र प्रविधिको प्रयोग अधिकार दाबी गर्दै आएको छ।






