Skip to main content

भारतमा प्रदर्शन, जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

१६ असोज, काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सुरु गरिएको प्रदर्शनमा प्रहरीले ७०० भन्दा बढी मानिसलाई गिरफ्तार गरेको छ। विशेष गरी दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी पक्राउ परेका समाचारहरू प्राप्त भएका छन्। ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले आजदेखि आन्दोलन सुरु गरेको छ। यसअघि पनि अन्य स्थापित विपक्षी दलहरूले आन्दोलन जारी राखेका थिए।

पक्राउ पर्नेहरूमा विद्यार्थीहरूका साथै केही विपक्षी नेताहरू पनि छन्। समाचार अनुसार, आम आदमी पार्टीकी नेता र दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, पूर्वमन्त्री सौरभ भारद्वाज लगायतका नेता पनि पक्राउ परेका छन्। दिल्लीस्थित जन्तरमन्तरबाट राष्ट्रिय जनता दलका सांसद मनोज झालाई पनि प्रहरीले गिरफ्तार गरेको छ। त्यस्तै भारतीय कम्युनिस्ट नेता एमए बेबी पनि पक्राउ परेका छन्।