Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रसेलको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

Advertisement800×200-1

काठमाडौं । आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले १७५ रनको लक्ष्य रक्षा गर्दै दोस्रो जित निकालेको हो। यो जितसँगै विराटनगरले चार खेलबाट चार अंक जोडेको छ। पराजित जनकपुरको पनि चार खेलबाट समान चार अंक छ। दुवै टोलीले हालसम्म दुई जित र दुई हार बेहोरेका छन्।

लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। सैफ हसनको अर्धशतक तथा विशाल सुशलिङ र जेम्स निसमको आक्रामक ब्याटिङका बाबजुद जनकपुर जितसम्म पुग्न सकेन। जनकपुरका लागि सैफले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। विशालले ३० बलमा दुई चौका र तीन छक्कासहित ४३ रन जोडे। निसमले १५ बलमा तीन छक्काको मद्दतमा २७ रन बनाए।

मोइन अलीले १४ बलमा १० र त्रितराज दासले नौ बलमा ६ रन बनाए। अभिषेक तिवारी पाँच रनमा अविजित रहे। जनकपुरलाई लक्ष्यमा पुग्न नदिन रसेलले चार विकेट लिए। उनले चार ओभरमा ४५ रन खर्चिए। एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका तीन ब्याटरले अर्धशतक प्रहार गरे। इमरान शेखले ५६, लोकेश बमले ५० र रसेलले अविजित ५२ रन बनाए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर