
आकाशमा उठ्दैछ ज्वाला। भट्टिहरूमा चलिरहेको छ रक्सीका प्याला। चारैतिर मानव र बस्ती जलिरहेका छन्। आफैंले लगाएको आगोमै मानव जलिरहेका छन्। मानव मर्न तयार छन्। तर हार मान्दैनन्।
सबैले हेर्छन् आफ्नो विपत्ति। सबैका सपना सखाप भएका छन्। हेर्दा हेर्दै सबै केही स्वाहा हुन्छ। हाम्रो कसैले पनि साथ दिँदैन। मानव मर्न तयार छन्। तर हार मान्दैनन्।
कसैको पनि साथ छैन। बम बारुद मात्र हातमा छ। रूस होस् वा युक्रेन। इजरायल होस् वा हमास। मानव लास हुन तयार छन्। मानव मर्न तयार छन्। तर हार मान्दैनन्।
परमाणु हतियार लिएर युद्ध गर्न तयार छन्। संसारभरिका मानिस मर्न सक्छन् तर परमाणु बनाउन छोड्दैनन्। मानव मर्न तयार छन्। तर हार मान्दैनन्।
धन्य हाम्रो जीवन। उज्यालो को दिने हो? विश्व शान्तिको सन्देश को दिने हो? मानव अशान्त हुन तयार छ। मानव मर्न तयार छ। तर हार मान्दैनन्।






