
सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ। रावललाई बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको जिम्मेवारीबाट आगामी पाँच वर्षका लागि डेपुटी गभर्नर पदमा जिम्मेवारी दिइएको हो। नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर हुने व्यवस्था भए पनि पहिले उक्त पद मध्ये एक रिक्त रहेको थियो।
काठमाडौं, ३ भदौ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। सरकारले बुधबार भएको मन्त्रिपरिषद् बैठकमार्फत रावललाई डेपुटी गभर्नर नियुक्त गरेको छ। बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका रावललाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो।
नेपाली राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। फागुन २०८२ देखि दुवै डेपुटी गभर्नर पद रिक्त थिए। तिनीहरूमध्ये २४ चैत २०८२ मा एक जना डेपुटी गभर्नर नियुक्त भए भने अर्को पद अहिलेसम्म रिक्त नै रहेको थियो।






