
प्रिन्स ह्यारी र मेघन मर्कल आफ्ना ७ वर्षका छोरा आर्ची र ५ वर्षीया छोरी लिलिबेटसहित यसै महिना अमेरिकाबाट बेलायत फर्कने भएका छन्। उनीहरू लन्डनबाहिर निजी गैर-राजकीय आवासमा बस्नेछन् र राजकीय जिम्मेवारी नभएको शाही दर्जा कायम रहनेछ। बेलायत फर्कने निर्णयपछि सार्वजनिक कोषबाट सुरक्षा प्रदान गरिने कि नाइ भन्ने विषयमा पुनः प्रश्न उठेको छ। ७ भदौ, लन्डन। ६ वर्षअघि बेलायती राजपरिवारबाट अलग भएर अमेरिका पुगेका प्रिन्स ह्यारी र मेघन मर्कल अब फेरि बेलायत फर्कने भएका छन्। तर, उनीहरूको फर्काइ शाही जिम्मेवारीमा पुनरागमन भने होइन। प्रिन्स ह्यारी र मेघन आफ्ना छोराछोरी ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित अमेरिकाबाट बेलायत आउन लागेका हुन्। उनीहरूका छोराछोरी सेप्टेम्बरदेखि विद्यालय जान सुरु गर्नेछन्। रिपोर्टअनुसार उनीहरू लन्डनबाहिर निजी गैर-राजकीय आवासमा बस्नेछन् भने उनीहरूको राजकीय जिम्मेवारी नभएको शाही दर्जा भइरहनेछ। यसै महिना बेलायत फर्कने ड्युक र डचेस अफ ससेक्सको अप्रत्याशित घोषणा पछि बेलायतमा सार्वजनिक कोषबाट सञ्चालित सुरक्षा व्यवस्थाको स्तरबारे पुनः प्रश्नहरू उठ्न थालेका छन्। सन् २०२० मा सक्रिय राजपरिवारको भूमिका छोडेर अमेरिका गएको पछाडि उनीहरूको बेलायती सुरक्षा व्यवस्थाको स्तर घटाइएको थियो। अमेरिकामा भने उनीहरूले आफ्नै खर्चमा सुरक्षा व्यवस्था गरिरहेका छन्। प्रिन्स ह्यारी र मेघन उच्च-प्रोफाइल सार्वजनिक व्यक्तित्व हुन्। अफगानिस्तानमा प्रिन्स ह्यारीले गरेको सैन्य सेवाले पनि यस विषयमा महत्त्व राख्दछ। यदि प्रिन्स ह्यारीले सक्रिय राजपरिवारबाट हटेपछि करदाताको रकमबाट उपलब्ध हुने सुरक्षा सुविधा पाउन सकेनन् भने उनको र परिवारको सुरक्षितताका लागि आवश्यक खर्च आफैले व्यहोर्नुपर्ने हुन्छ। सुरक्षासम्बन्धी खर्च विषयलाई लिएर ह्यारी र बेलायती गृह मन्त्रालयबीच लामो समयदेखि तनाव छ। ‘द टाइम्स’ को रिपोर्ट अनुसार उक्त जोडी र परिवारलाई करदाताको पैसाबाट सशस्त्र सुरक्षा प्रदान गरिने योजना छैन। अमेरिका बसाइँ सरेपछि गत वर्ष आफ्नो सुरक्षा स्तर घटाइएको निर्णय उल्ट्याउने प्रयास अदालतबाट असफल भएपछि प्रिन्स ह्यारीले बीबीसीलाई भनेका थिए, ‘सुरक्षा व्यवस्थामा कटौतीले आफ्ना परिवारलाई बेलायत ल्याउन सक्ने सम्भावना छैन।’ ह्यारीले माग गरेको सुरक्षा हाल राजा रानी, वेल्सका प्रिन्स र प्रिन्सेस (विलियम र क्याथरिन दम्पत्ति) र तिनैका तीन छोराछोरीलाई प्रदान गरिएको छ। ह्यारी र मेघनले यसै महिना अमेरिकाबाट बेलायत सर्ने योजना सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सुरक्षा प्रबन्ध ‘निजी मामिला’ भएको बताएका छन्। उनले सुरक्षासम्बन्धी खर्चमा टिप्पणी गर्न नमानेका छन् र भनेका छन्, ‘यो एउटा निजी विषय हो। यो ह्यारी र मेघनको हो र उनीहरूका निर्णयलाई सफलताको शुभकामना छ।’ ह्यारी र मेघनले सन् २०२० जनवरी ८ मा राजपरिवारका वरिष्ठ सदस्यको भूमिका छोड्ने घोषणा गरेका थिए। उनीहरूले आर्थिक स्वतन्त्रता खोज्दै बेलायत र उत्तर अमेरिकाबीच आफ्नो समय बाँड्ने योजना सार्वजनिक गरेका थिए। यो घटनालाई सञ्चारमाध्यमले ‘मेक्जिट’ नाम दिएका थिए। त्यसपछि उनीहरू ब्रिटेनको राजपरिवारसँग सम्बन्धित भूमिका, ब्रिटिश ट्याब्लोइड मिडिया र मेघनमाथि भएको व्यवहारका कारण अलग भएका थिए। २०२१ मा ओप्रा विन्फ्रे संगको चर्चित अन्तर्वार्तामा दुवैले राजपरिवारभित्र पाएका दबाब र मेघनमाथि गरिएको कथित नस्लीय व्यवहारका गम्भीर आरोप लगाए। यो घटनापछि उनीहरूको राजपरिवारसँगको सम्बन्ध झनै तनावपूर्ण बनेको छ। ह्यारीले सन् २०२३ मा प्रकाशित आफ्नो संस्मरण ‘स्पेयर’ मार्फत परिवारभित्रका विवादहरूको थप विवरण सार्वजनिक गरेका थिए जसले विशेष गरी उनका दाजु प्रिन्स विलियमसँगको सम्बन्धमा दूरी सिर्जना गरेको मानिन्छ। सन् २०२० मा क्यानडाबाट अमेरिका पुगेपछि ह्यारी र मेघन क्यालिफोर्नियाको मोन्टेसिटोमा बस्दै आएका छन्। त्यहाँ उनीहरूले राजकीय भूमिकाभन्दा बाहिर आफ्नो व्यावसायिक र सार्वजनिक जीवन अगाडि बढाएका छन्। नेटफ्लिक्स र अन्य परियोजनाबाट आर्थिक स्वतन्त्रता सुनिश्चित गरेका छन्। तर, पछिल्ला वर्षहरूमा ह्यारीको राजपरिवारसँगको सम्बन्धमा केही सौम्यता देखिन थालेको छ। विशेष गरेर राजा चार्ल्सको स्वास्थ्य समस्या भएपछि ह्यारीले आफ्ना पिता राजासँग सम्बन्ध सुधार गर्ने इच्छा देखाएका छन्। २०२६ मा ती भेटघाट पनि बढी भएका छन्। यसपटक बेलायत फर्कने निर्णयको एउटा मुख्य कारण बच्चाहरूको शिक्षा र आफन्तसँगको दूरी कम गर्नु भएको रिपोर्टहरूमा उल्लेख छ।
नेपाल र गोर्खा सैनिकसँग निकट सम्बन्ध भएका प्रिन्स ह्यारीको सम्बन्ध अत्यन्तै गाढा छ। ह्यारीले ब्रिटिश गोर्खाहरूसँग धेरै समय बिताएका छन् र नेपाल भ्रमणमा समेत गएका छन्। महाभूकम्पपछि उनले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिको पुनर्निर्माणमा समेत सहयोग गरेका थिए। उनी सिद्ध Himalayan श्रृंखला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यलाई कहिल्यै नबिर्सने उल्लेख गरेका छन्। अफगानिस्तान युद्धमा गोर्खा सैनिकसँगै रहेका ह्यारीले गोर्खा सैनिकसँगको सम्बन्धबाट गर्व र खुशी महशुस गर्ने बताउँछन्। राजकुमार ह्यारी गोर्खालीहरूको साहस, निस्वार्थ त्योाग र व्यावसायिकता उच्च सराहना गर्ने गरेका छन्।






