Skip to main content

नेपाल होबार्ट हरिकेन्ससँग प्रतिस्पर्धा गर्दै

नेपालले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत आज दिउँसो सवा ३ बजे होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्नेछ। नेपाल यसअघिका दुई खेलमा एनटी स्ट्राइक र बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भइसकेको छ। होबार्टले पनि पहिलो दुई खेलमा भिक्टोरिया र बंगलादेशको टोलीसमक्ष हार भोगिसकेको छ।

नेपाल र होबार्टबीचको खेल नेपाली समयमा दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपालले यसअघि भएका दुई खेलमा हार बेहोरेको छ। शुक्रबारको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको नेपाल शनिबार बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग पनि पराजित भयो। होबार्ट पनि अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन। उनीहरूले पहिलो खेलमा भिक्टोरियासँग हार बेहोरेका थिए भने दोस्रोमा बंगलादेशको टोलीसँग पराजित भएका हुन्।

होबार्टको टोलीमा अस्ट्रेलियाबाट खेलिसकेका बिली स्टानलेकसहित गत संस्करणका खेलाडी टिम वार्ड, ब्राडली होप, गेब बेल, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, मार्कस बिन, राफ म्याकमिलन पनि प्रतिस्पर्धा गर्दैछन्। स्टानलेकसहित टिम वार्ड, मार्कस बिन, जेक डोरान र राफ म्याकमिलनले बिग ब्यास लिगमा समेत खेलेका छन्। होबार्टले गत संस्करणमा ६ खेलमध्ये २ मात्रै जितेर १० टोलीमध्ये नवौँ स्थान ओगटेको थियो।

नेपालको टोलीमा अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्। होबार्टको टोलीमा केसी बार्टन, मार्कस बिन, गेब बेल, लाचलान क्लार्क, ज्याक डोरान, ज्याक कर्टेन, ब्राड होप, राफ म्याकमिलन, केलन मलाडे, निवेथन राधाकृष्णन, नितेश स्यामुअल, बिली स्ट्यानलेक र टिम वार्ड, टिग विलाई रहेका छन्।