Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बाढीपीडितलाई सहयोग गरिरहेका कलाकारहरूको सक्रियता

Advertisement800×200-1

१४ भदौ, गत १० भदौमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धार कार्यमा नेपाली कलाकारहरूले सक्रिय भूमिका खेलिरहेका छन्। देशभित्र र विदेशमा रहेका कलाकारहरूले सहयोग जुटाउन विभिन्न तहमा सक्रियता देखाएका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र नभई विभिन्न क्षेत्रहरूमा राहत सामग्री वितरणमा समेत संलग्नता जनाएका छन्।

वर्षा शिवाकोटीले ३ लाख रुपैयाँ सहयोग गरिन् भने कन्टेन्ट क्रिएटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रुपैयाँ सहयोग प्रदान गरे। गायक तथा अभिनेता प्रकाश सपूतले एक लाख रुपैयाँ सहयोग गरे भने गायिका रचना रिमालले पनि योगदान दिइन्। गायिका समीक्षा अधिकारीले शनिबार कास्की जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्री वितरण गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पनि गरिन्।

दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रहरूमा लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना लगायत आवश्यक सामग्री वितरण गर्न नुवाकोट पुगेका थिए। पाहुना टूरको क्रममा अस्ट्रेलिया र न्यूजील्यान्ड भ्रमणमा रहेका गायक सुशान्त केसीले त्यहाँबाट बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग दिए भने अमेरिकाका जोन एन्डी लोकल्स ब्यान्डले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। कन्दरा ब्यान्डले अमेरिकाको एट्लान्टामा आयोजना गरेको प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गरी त्यसबाट प्राप्त रकम आकस्मिक राहत कोषमा जम्मा गर्ने र आवश्यकताअनुसार पीडित र प्रभावित समुदायमा वितरण गर्ने योजना बनाएको छ। कलाकारहरूले आर्थिक सहयोगसहित यस संकटको समयमा एकताको आह्वान पनि गरिरहेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर