
समाचार संक्षेप समीक्षा गरिएको समाचार सामग्री। सन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो, जहाँ सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए। नेपालले ८८ रनको लक्ष्य ३ विकेट गुमाएर पूरा गर्यो, अर्जुन कुमाल ३६ र रोहित पौडेल १९ रनमा अविजित रहे। १५ भदौ, काठमाडौं। कप्तान सन्दिप लामिछाने सहित बलरहरूको उत्कृष्ट प्रदर्शनले नेपालले एसीसी प्रिमियर कपमा सफल सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार दिउँसो सम्पन्न खेलमा नेपालले बहराइनमाथि ७ विकेटको स्पष्ट जित हासिल गर्यो। बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले ३६ तथा रोहित पौडेलले १९ रनमा अविजित रहने क्रममा जित सुनिश्चित गर्यो। बहराइनका इमरान जबेदले २ विकेट लिए भने नेपालको अर्को एक विकेट रनआउटका कारण गुम्यो। टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो जुन क्रममा कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन मात्र दिएर ५ विकेट लिए। ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए। बहराइनका फियाज अहमदले सर्वोच्च १५ रन बनाए। मुहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। १४ औं ओभरमा बलिङ सुरु गरेका सन्दीपले पहिलो बलमै विकेट लिए र चौथो बलमा फेरि अर्को विकेट झारे। उनले आफ्नो पाँचौं ओभरमा एक विकेट लिए र सातौं र आठौं ओभरमा पनि १-१ विकेट गर्दै कुल ५ विकेट पुरा गरे। नेपालले दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ।






