
रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूका लागि उद्धार र राहत कार्य सञ्चालन गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख १ हजार १०१ सहयोग स्वरूप जम्मा गरेको छ। संघका अध्यक्ष हरिप्रसाद गौतमले प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारका निकाय, संघसंस्था र सर्वसाधारणलाई सहकार्य गर्न आग्रह गरेका छन्। १५ भदौ, पर्सा।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले रु १५ लाख १ हजार १०१ आर्थिक सहयोग प्रदान गरेको छ। सो बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको जानकारी संघका अध्यक्ष हरिप्रसाद गौतमले दिएका छन्।
विगतदेखि प्राकृतिक प्रकोप तथा संकटका बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको यो संघले बाढीले जनधनमा क्षति पुगेका परिवारलाई तत्काल राहत र आवश्यक सहयोग पुर्याउन सम्बन्धित सरकारी निकाय, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई आ-आफ्नो क्षेत्रमा सक्रिय भएर सहयोग गर्न अपील गरेको छ।






