Skip to main content

डोटीको शिखर नगरपालिकाले बाढी प्रभावितका लागि थप २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय

१७ भदौ, डोटी। डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा उद्धार, राहत र पुनर्स्थापनाका लागि थप २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बुधबार नगर कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत र उद्धारमा सहयोग गर्न थप २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यसअघि भदौ ११ मा नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको थियो।

पछिल्लो बैठकले नगरपालिकाका जनप्रतिनिधि, विभिन्न कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा स्थायी, करार र ज्यालादारी कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूको भदौ महिनाको तलबबाट जम्मा हुने २२ लाख रुपैयाँ उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख दीर्घवहादुर बलायरले बताए। यसैगरी, रसुवा बाढीमा परी सम्पर्कविहीन भएका शिखर नगरपालिका–४ का दीपक महराको खोजी र उद्धारमा सहयोग पुर्‍याउन परिवारलाई एक लाख रुपैयाँ सहायता दिने निर्णय पनि नगरपालिकाले गरेको छ।