Skip to main content

विजयले एसियाड तयारीका लागि थाइल्यान्ड यात्रा गर्ने

क्यानोइङका विजय माझी २०औं एसियाली खेलकुदको तयारीका लागि बिहीबार थाइल्यान्ड जान लागेका छन्। उनी थाइल्यान्डबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची/नागोयामा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्नेछन्। क्यानोइङका अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत रहेका छन्। टोलीलाई सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरेका छन्।