
नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘ए’ को विजेता नेपालले मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए तापनि शीर्ष स्थान कायम राख्न सफल भएको छ। समूह उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
२३ भदौ, काठमाडौं। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको छ। समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीच सेमिफाइनल खेल निर्धारित भएको छ। मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग पराजय बेहोरे पनि समूह विजेताको रुपमा स्थान सुरक्षित राख्यो। त्यस्तै, समूह उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपका लागि छनौट हुनेछ।





