
पर्सा जिल्ला प्रहरी कार्यालयले अमानवीय तरिकाले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको छ। सहनीले गत चैत १ गते हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग धारिलो हतियारले काटेका थिए। घाइते महिलालाई बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए। गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरी बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग काटेर गम्भीर घाइते बनाएका थिए। घाइते महिलालाई बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।






