Skip to main content

ब्रिज कोर्स कक्षा सञ्चालनमा सरकारले लगायो प्रतिबन्ध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १ वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्रालयले ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्ने साथै आर्थिक बोझ पर्ने उल्लेख गरेको छ। यो निर्णय विद्यालय तह र उच्च शिक्षाका भर्ना प्रक्रिया अघि लिइएको हो र शिक्षा मन्त्री सस्मित पोखरेलको कार्यकालमा आएको हो। १५ चैत, काठमाडौं।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्सका कक्षाहरूमा रोक लगाइएको हो। ‘यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने सम्भावना देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गरिने निर्णय मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्रीमा सस्मित पोखरेल आएपछि यो निर्णय भएको हो।