Skip to main content

टेबल टेनिस महिला टोली प्रतियोगिताबाट इभाना, योङ्गी र नविताको टिम बाहिरियो

२०औं एसियन गेम्सअन्तर्गत टेबल टेनिस महिला टोली प्रतियोगिताबाट नेपालका इभाना थापा, योङ्गी पौडेल र नविता श्रेष्ठ डिस्क्वालिफाइ भएका छन्। जापानको स्काई हल टोयोटामा सोमबार बिहान सम्पन्न खेलमा नेपाली टोली माकाउसँग ३–१ को हार बेहोरेको थियो। समूह ‘ए’ मा रहेको नेपाली टोलीले आइतबार चीनसँग ३–० ले पराजय भोगेको थियो। अब यी खेलाडीहरूले व्यक्तिगत विधामा प्रतिस्पर्धा जारी राख्नेछन्।