
२० औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको समूह बी खेलमा मलेसियाले हङकङलाई ८ विकेटले हराएको छ। ८२ रनको लक्ष्य मलेसियाले १२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। मलेसियाका मुहम्मद स्याहादत रामलीले ३६ रन बनाएका थिए भने विरानदीप सिंहले ३२ रनमा अविजित रहे।
पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर जम्मा ८१ रन बनाउन सफल भयो। हङकङका शिव माथुरले सर्वाधिक २९ रन निर्माण गरे भने निजाकात खानले १९ रन बनाए। मलेसियाका पवनदीप सिंह र मुहम्मद आमिर अजिमले समान रूपमा ३-३ विकेट लिए भने साइद अजिल, मोहम्मद वफिक र विरानदीप सिंहले १-१ विकेट लिए। हङकङका नसरुल्ला रानाले २ विकेट लिए।
८ असोज, काठमाडौं। २० औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा मलेसियाले हङकङलाई पराजित गरेको छ। समूह ‘बी’ को खेलमा मलेसियाले ८ विकेटले जित प्राप्त गरेको हो।
यस्तै, आज बिहान समूह ‘ए’ को खेलमा अफगानिस्तानले जापानलाई हराएको थियो। भोलि, शुक्रबार ओमान र हङकङबीच तथा नेपाल र अफगानिस्तानबीच खेलहरू हुनेछन्। त्यसपछि शनिबार नेपालले जापानसँग खेल्ने तालिका छ।






