Skip to main content

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा खेल्न लागेका छन्

सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। २६ वर्षीय म्याकमुलेनले स्कटल्याण्डका लागि ४७ ओडिआई र ३० टी-२०आई खेल खेलेका छन्। म्याकमुलेनले टी-२०आई करियरमा ३० खेलमा ७८७ रन बनाएका छन्। समग्र टी-२० मा उनले ५४ खेलमा ११ अर्धशतकसहित १३६६ रन पुर्याएका छन्।

सुदूरपश्चिमले बिहीबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गर्नुको जानकारी दिएको छ। उनी पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाटै खेलाडी थिए। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने छ।