Skip to main content

असन्तुष्ट समूहको समानान्तर गतिविधिपछि थापा र अन्य पदाधिकारीहरू छलफलमा जुटे

फाइल तस्वीर समाचार सारांश। नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूहले आन्तरिक छलफल थालेको छ। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएका छन्। पूर्वगृहमन्त्रि रमेश लेखक पक्राउ परेपछि खड्काले वक्तव्य जारी गरेका छन् र शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन्। १६ चैत, काठमाडौं। नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएपछि कांग्रेस सभापति गगन थापासहित पदाधिकारीहरू अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन्। असन्तुष्ट समूह समानान्तर गतिविधिमा सक्रिय भएपछि त्यस विषयबारे थापासहितका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। छलफलबारे एक पदाधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो औपचारिक बैठक होइन, अनौपचारिक छलफल हो।’