Skip to main content

७० मिटर गहिरो इनारमा खसेका बालकको ज्यान बचाउन अर्को बालक भित्र जानुपर्ने अवस्था

अफगानिस्तानमा ७० मिटर गहिरो इनारमा खसेका बालकलाई दुई दिनपछि मात्रै उद्धार गर्न सफल भएका छन्। इनार साँघुरो भएकाले अन्य उद्धारकर्ताहरू भित्र प्रवेश गर्न नसकेपछि ११ वर्षीय हजरतलाई तल ओरालेर पाँच वर्षका जैनुल्लाहको शरीरमा डोरी बाँध्न लगाइएको थियो। जैनुल्लाह बाहिर निकाल्दा उनी निकै डरेका थिए र इनारभित्रको चिसोबाट कठ्याङ्ग्रिएका थिए।

यो घटना त्यस अवस्थामा भएको हो जहाँ खडेरीका कारण मानिसहरूले पानीको व्यवस्था गर्न अत्यन्त गहिरा इनार खन्न बाध्य भएका थिए।