१८ असोज, काठमाडौं। दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत वीरेंद्रनगरमा बैठक सुरु भएको हो। दशौँ राष्ट्रिय खेलकुद मंसिर १६–२७ सम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ। त्यसको तयारीका लागि मूल आयोजक समितिको बैठक बसेको हो।