Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एसियन गेम्समा चीन ३४१ पदक सहित प्रथम स्थानमा, नेपाल दुई कांस्य पदकमा सीमित

Advertisement800×200-1

१८ असोज, काठमाडौं । जापानमा सम्पन्न २०औं एसियन गेम्समा चीनले ३४१ पदकसहित पहिलो स्थान हासिल गरेको छ। असोज ३ गतेदेखि सुरु भएका यी खेलहरू आइतबार समापन भएका थिए। चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य पदक जित्दै आफ्नो प्रभुत्व कायम राख्यो। आयोजक जापान ३९ स्वर्ण, ९५ रजत र ९१ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो। त्यसैगरी, दक्षिण कोरियाले ३९ स्वर्णसहित जम्मा १५० पदक जितेर तेस्रो स्थान ओन्ज्यो भने भारतले २१ स्वर्णसहित ८५ पदक जितेर चौथो स्थानमा रह्यो।
नेपाल भने दुई कांस्य पदकमा सीमित रह्यो। नेपाली महिलाहरूको कबड्डी टोलीले लगातार दोस्रो पटक कांस्य पदक हात पारेको छ भने करातेका तेन्जिङ शेर्पाले पनि पदक जित्न सफल भए। १३५ नेपाली खेलाडीहरू सहभागी भएका यी खेलहरूमा नेपालले मात्र दुई कांस्य पदक जितेको हो। हेर्नुहोस् पदक सूची


Advertisementadv-800×200.png

सम्बन्धित खबर