Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दशौं राष्ट्रिय खेलकुदमा निजी संघसंस्थाको सहभागितामा जोड दिइने

Advertisement800×200-1

१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिले आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपी अवधारणामा जोड दिने निर्णय गरेको छ । ‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्था लगायत सबै सरोकारवालाको सहभागितामा जोड दिंदै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरी प्रायोजकसँग सम्झौता (एमओयू) गरी कार्यान्वयन गरिने निर्णय गरिएको छ,’ बैठकले सुनाउँदै राखेप सदस्य सचिव रामचरित्र मेहताले बताएका छन्।
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ सम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ। यसमा ७ प्रदेश, ३ विभागीय र एक ग्रहआवासीय नेपाली संघ गरी कुल ११ टिम सहभागी हुने सदस्य सचिव मेहताले जानकारी दिएका छन्। प्रतियोगितामा ३२ खेल समावेश गरिएको छ। पूर्वाधार अभावका कारण केही खेल कर्णाली प्रदेश बाहिर सञ्चालन गर्ने तयारी राखेपले गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर