Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तार गर्ने तयारी

Advertisement800×200-1

१८ असोज, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन र लगानी वृद्धि गर्न सहयोग गरेको बताएका छन्। उद्योगका विशेषज्ञहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेका अनिश्चितताहरूले कम्पनीहरूले सामना गर्नुपर्ने चुनौतीहरू बढाएको छ। ट्रम्प प्रशासनको अन्तिम कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डजस्ता प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने र केही उत्पादनहरू विदेशबाट अमेरिका भित्र्याउने योजना अघि सारेका छन्।

अमेरिकाले विदेशबाट आयात हुने गाडीमा २५ प्रतिशत शुल्क लगाएपछि केही कम्पनीहरूले देशभित्र रहेका कारखानाहरूको उत्पादन क्षमता थप सदुपयोग गर्ने योजना बनाएका छन्। गाडी उद्योगकी विश्लेषक स्टेफनी ब्रिन्लीका अनुसार आयात शुल्कले अमेरिकी गाडी उद्योगलाई केही लाभ पुगेको देखिन्छ। यद्यपि, व्यापार नीतिमा भइरहेको परिवर्तनका कारण कम्पनीहरूले दीर्घकालीन लगानी निर्णय गर्दा थप सतर्कता अपनाइरहेका छन्। अमेरिका र क्यानडाबीचको व्यापारसम्बन्धी वार्तालापले गाडी उद्योगमा केही अनिश्चितता सिर्जना गरेको छ।

होण्डाले उत्तर अमेरिकामा रहेका आफ्ना कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेको जनाएको छ भने भविष्यमा नयाँ कारखाना निर्माण गर्ने सम्भावनाको पनि विचार गरिरहेको जनाएको छ। त्यस्तै, आयात शुल्क र विद्युतीय गाडीसम्बन्धी सरकारी नीतिमा भएका परिवर्तनले गाडी पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरूमा समेत प्रभाव पारेको बताइएको छ। अमेरिकामा यस क्षेत्रमा लगभग ९ लाख ३० हजार कर्मचारी काम गरिरहेका छन्। अमेरिकी श्रम तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बरसम्म गाडी उद्योगमा करिब १८ लाख कर्मचारी कार्यरत थिए। रोजगारीमा केही सुधार भए पनि आगामी दिनमा व्यापार नीति, लगानी वातावरण र बजार अवस्थाले उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर