Skip to main content

स्थानीय तहमा रिक्त रहेका ६३ उपसचिव पदमा नियुक्ति

१६ चैत, काठमाडौं । लामो समयदेखि प्रमुख प्रशासनिक अधिकृतविहीन रहेका स्थानीय तह र जिल्ला समन्वय समितिमा नयाँ कर्मचारीहरू खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूलाई सरुवा गरी नयाँ जिम्मेवारीमा खटाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, केही कर्मचारीहरूलाई सरुवा गरिएको छ भने अधिकांशलाई स्थानीय तहका कार्यालयहरूमा कार्यमा खटाइएको छ।