

साउदी विमानस्थलमा हवाई आक्रमण पछि देखिएका दृश्यहरू


साउदी अरबको रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा धेरै व्यक्तिहरूको मृत्यु भएको साउदी अधिकारीहरूले बताएका छन्। साउदी सेनाका प्रवक्ताले बताए अनुसार आइतवार विमानस्थलमा पुनः क्षेप्यास्त्र आक्रमण हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन्। उक्त आक्रमणमा यात्रुहरू बस्ने हलमा आगलागीसमेत भएको थियो। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक रहेको जानकारी दिइएको छ।
अघिल्लो दिन सोही विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएका थिए। यमनको हूथी विद्रोही समूहले ती आक्रमणहरू आफूहरूले गरेका दावी गरेका छन्। उक्त समूहले यात्रुहरूलाई साउदी विमानस्थल र हवाई मार्ग प्रयोग नगर्न पनि आग्रह गरेको छ। हूथी समूहले साउदी अरबमाथि बलिस्टिक र क्रूज क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यो भिडियो शनिबार हवाई आक्रमणपछि विमानस्थलमा गरिएको छ।

सम्बन्धित खबर









