Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्पेनको टोलेडो प्रान्तमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु

Advertisement800×200-1

स्पेनको टोलेडो प्रान्तमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु र ८० जना घाइते भएका छन्। दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले उद्धार र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय घटनास्थलमा खटिएको उल्लेख गरेका छन्। १२ कात्तिक, काठमाडौं।

दुर्घटना म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे भएको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन्। रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ। उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए। दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो।

ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो। कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन्। प्रधानमन्त्री पेद्रो सान्चेज र स्वास्थ्यमन्त्री मोनिका गार्सियाले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर