काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि दुवै धातुको भाउ ओरालो लागेको हो । शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।