Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

इमरान खानले उपचारको माग गर्दै यातनाका कारण स्वास्थ्यमा समस्या रहेको बताएका छन्

Advertisement800×200-1

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन्। खानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य पनि बिग्रँदै गएको भन्दै उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्। पाकिस्तानी अधिकारीहरूले खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उनलाई आवश्यक सबै सुविधा उपलब्ध गराइएको दाबी गरेका छन्।

७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन्। इस्लामाबादका अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन्। उनलाई हरेक साता चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै आएको अधिकारीहरूको भनाइ छ।

१०० भन्दा बढी मुद्दा खेपिरहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। उनकी पत्नी बुशरा बीबी पनि गत वर्षदेखि जेलमा छिन्। खानले आफू र पत्नीविरुद्ध लगाइएका भ्रष्टाचार तथा सरकारी उपहार बिक्रीलगायतका आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्। पछिल्लो एक वर्षयता खानको स्वास्थ्य अवस्थाबारे चिन्ता बढ्दै गएको छ।

खानले पत्रमा चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको जानकारी दिएको उल्लेख गरेका छन्। उनले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको दाबी गरेका छन्। यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले पत्रमा उल्लेख गरेका छन्। पाकिस्तानका संसदीय मामिलामन्त्री तारिक फजल चौधरीले खानका दाबी अस्वीकार गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर