Skip to main content

विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपाल आएका छन्

विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी नेपाल भ्रमणमा आएका छन्। राष्ट्रिय किक बक्सिङ संघ नेपालका पदाधिकारी र खेलाडीहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गरेका छन्। बुधबारदेखि सुरु भएको किकबक्सिङ विकास कोर्समा सात प्रदेश र तीन विभागीय टोलीका करिब २०० प्रशिक्षक, खेलाडी र निर्णायकहरू सहभागी छन्।

नासिर, राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजना गरिएको किकबक्सिङ विकास कोर्सका लागि नेपाल आएका हुन्। संघका संस्थापक दीपक श्रेष्ठ, अन्य पदाधिकारीहरू, खेलाडी, प्रशिक्षक र निर्णायकहरूले उहाँलाई स्वागत गरेका छन्। यो कोर्स शनिबारसम्म सञ्चालन हुनेछ र यसको औपचारिक उद्घाटन बिहीबार हुनेछ। सेमिनार कालीमाटीमा अवस्थित कालिमाटी बैंक्वेटमा आयोजना गरिनेछ।