Skip to main content

पाँचथरमा पिकअप दुर्घटनामा एकजना युवकको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा २४ वर्षीय आभास माबोको मृत्यु भएको छ। दुर्घटना पिकअप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेपछि भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सवार तीन जनामध्ये २४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन् भने चालक कृष्ण बहादुर बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१९ चैत, पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय २४ वर्षीय आभास माबो हुन्। अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो। पाँचथर प्रहरीले दिएको जानकारीअनुसार, पिकअपमा चालकसहित तीन जना सवार थिए। २४ वर्षीय सन्दिप उभरकोटी घाइते भए पनि उनको अवस्था सामान्य रहेको छ। अर्कातिर चालक कृष्ण बहादुर बराईलीलाई नियन्त्रणमा लिइएको छ।