
१८ चैत, काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन्। कार्यालय स्रोतका अनुसार भोलि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ।






