Skip to main content

गृहमन्त्री गुरुङको त्रिभुवन विमानस्थलमा आकस्मिक अनुगमन

१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अनुगमन गरेका छन्। केही समय पहिले विमानस्थल पुगेर उनले अनुगमन कार्य सुरु गरेका हुन्। अनुगमनको क्रममा, उनले भीआईपी कक्ष, अध्यागमन विभाग, यात्रुहरूको आगमन तथा प्रस्थान कक्षको भ्रमण गरेका थिए। सर्वसाधारणले विमानस्थलमा बारम्बार अनुभव गर्ने समस्या र त्यसको समाधानका लागि उठेका मागहरूलाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले सो अनुगमन गरेका हुन् भन्ने जानकारी उनी निकट स्रोतहरूले दिएका छन्। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने कुरामा सम्बन्धित कर्मचारीहरूलाई कडा निर्देशन दिएका थिए। विदेशबाट फर्कने दुःखी नागरिकलाई विमानस्थलमै झेल्नुपर्ने समस्या अन्त्य गर्न अनुरोध गर्दै उनले यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन्। साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानहरूको अनावश्यक जाँचबाट पनि सेवाग्राहीलाई कष्ट नहोस् भन्न पनि उनले निर्देशन दिएका छन्।