Skip to main content

एचजेएनबीएल: आर्मीले टाइम्सविरुद्ध बदला लिएर पुनः जित हासिल गर्यो

१९ चैत, काठमाडौं। हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले ११औं जित हात पार्ने क्रममा टाइम्सलाई ९९-८५ ले पराजित गर्‍यो। यो जितपछि आर्मीले पहिलो चरणमा टाइम्ससँग खेलेको हारको बदला लिएको हो। यसअघि टाइम्सले आर्मीलाई ८०-६८ ले हराएको थियो।