
२० चैत, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरमा दर्शन गरी पूजा आराधना गरेका छन्। आज बिहान तारकेश्वर नगरपालिका-९ अन्तर्गत मनमैजु मन्दिरमा पुगेका मन्त्री खनालले पूजाअर्चना गर्नुभयो। उहाँले अन्य दर्शनार्थीहरूजस्तै लाइनमा बसेर पूजा गरे।
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मनमैजु बजारमा नेवार समुदायको टोडो बसोबास रहेको छ। यहाँ चैत शुक्ल पूर्णिमाबाट अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा आयोजना गरिन्छ। जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम अर्थात् आफन्तलाई भोजन खुवाउने, र पाँचौँ दिन सिन्दूर जात्रा तथा देवता विसाउने र लिङ्गो ढाल्ने परम्परा रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिए।






