
२० चैत, काठमाडौं। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको निवेदनअनुसार प्रहरीले शुक्रबार उनलाई जिल्ला प्रहरी परिसरमा नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार, अग्रवाललाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेदेखि बयान लिइरहेको छ भने हाल उनी ललितपुर जिल्ला प्रहरी परिसरमा हिरासतमा राखिएका छन्।






