Skip to main content

अभिमानसिंह बस्नेतले लडेका युद्धहरूको इतिहास

समाचार सारांश समीक्षा गरिएको। काजी अभिमानसिंह बस्नेतले गोरखा राज्य विस्तारका क्रममा वि.सं. १८१९ देखि विभिन्न मोर्चामा युद्ध लडेका थिए। वि.सं. १८३० मा अभिमानसिंहले माझकिरातलाई गोरखाली राज्यमा समाहित गराएका थिए र विजयपुरमा प्रशासक भएर बसेका थिए। वि.सं. १८४८ मा नेपाल र तिब्बतबीच भएको युद्धमा अभिमानसिंहले केरुङतर्फ आक्रमण गर्ने जिम्मेवारी पाएका थिए। तत्कालीन गोरखा राज्यको सेवक भएर क्षेत्रीय वंशका विभिन्न ठूलो खलकका योद्धाहरूले इतिहासमा अमर नाम कमाएका छन्। गोरखा राज्य विस्तार अभियानमा थापा, बस्नेत, पाँडे, कुँवर लगायत थरका समूहका साथै मगर योद्धाहरूले विभिन्न युद्धमा रणकौशल देखाउँदै इतिहास रचेका छन्।

खस क्षेत्रीय वंशभन्दा बस्नेतहरू कुलदेवता मष्टलाई पूज्ने प्रचलन छ। बस्नेतहरूमा श्रीपाली, खुलाल र खप्तडी उपवर्ग छन्। बझाङ जिल्लाको सैपाल हिमालबाट श्रीपाल नाम रहन गएको हो र यहीँ श्रीपाली बस्नेतहरूको उत्पत्ति भएको मानिन्छ। त्यहाँ श्रीपालकोट पनि रहेको छ, जहाँ पहिले श्रीपाल राज्य थियो। त्यो समय राजा नागराजको राज्य श्रीपाल, खप्तडी, कालीकोट, खुलाल र सिंजामा फैलिएको थियो। पछि श्रीपाल राज्यका बासिन्दा श्रीपाली वंशको रूपमा परिचित भए। संवत् ९०० सम्म यो राज्य पूर्वी मानसरोवरदेखि गण्डकीसम्म फैलिएको थियो। लेखक पूर्णप्रकाश शर्मा ‘यात्री’ का अनुसार नयाँ बस्ती बसाउँदा झगडा र मुद्दा–मामिला चल्ने भएकाले न्याय दिने व्यक्ति राखिन्थ्यो जसलाई ‘बस्न्यार्थी’ भनिन्थ्यो। समयक्रममा यो शब्द बस्न्यात, बस्न्यात अथवा बस्नेतमा रूपान्तरण भयो।

श्रीपाली बस्नेत वंशमा मदनसिंह राजा थिए। उनका कुलका भरतसिंहको समयमा खस राज्य विभाजित भयो। उनका सन्तान विभिन्न क्षेत्रमा गए, जसरि जयराजसिंहका छोरा शिवरामसिंह बस्नेत राजा नरभूपाल शाहको शासनकालमा सक्रिय थिए र पृथ्वीनारायण शाहको समय प्रसिद्ध सेनानायक बने। शिवरामसिंहका चार छोरा नाहारसिंह, केहरसिंह, अभिमानसिंह र धौकलसिंहले पनि पृथ्वीनारायण शाहकै समय प्रसिद्धि पाए। अभिमानसिंह बस्नेतले गोरखा राज्य विस्तार अभियानमा विभिन्न युद्धहरूमा भाग लिइ आफ्नो सैन्य प्रतिभा देखाए। काठमाडौंदेखि पूर्व, पश्चिम, उत्तर र दक्षिणसम्मका मोर्चामा लडे। उनले पृथ्वीनारायण, प्रतापसिंह र रणबहादुर शाह तिनै राजाको शासनकालमा प्रसिद्धि पाए।