
२१ चैत, काठमाडौं । मदिरा सेवन गरेर सडकमा सवारी साधन चलाइरहेका नौ जना चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
त्यस कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी चालकहरू पक्राउ परेका छन्। उनले भने, ‘हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सरप्राइज जाँच गरेका थियौं। सार्वजनिक यातायातका नौ जना चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा नियन्त्रणमा लिएका छौं।’






