Skip to main content

रोल्पा थवाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटनामा एकको मृत्यु

२१ चैत, रुकुमपूर्व। रोल्पाको थवाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त ३८३४ नम्बरको पानी ट्यांकर शनिबार साँझ करिब ६:१० बजे थवाङ बजार नजिकै दुर्घटनामा परेको हो। मृत्यु भएकाको पहिचान अहिलेसम्म खुलेको छैन।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ।