Skip to main content

काठमाडौंमा समातिएका ७६ गुण्डागर्दी गर्नेहरुको हिरासत म्याद थपियो

२२ चैत, काठमाडौं । काठमाडौंमा चैत १९ र २० गते दुई दिने अवधिमा समातिएका ७६ जना गुण्डागर्दी तथा अभद्र व्यवहार गर्नेहरुको हिरासत म्याद थपिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यी व्यक्तिहरुको हिरासत म्याद जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार थप गरिएको हो ।

काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईकाे जानकारी अनुसार ७६ मध्ये ७० जनालाई अभद्र व्यवहार, तीन जनालाई जुवा खेलाउने तथा तीन जनालाई लुटपाटको घटनामा अनुसन्धान भइरहेको छ । प्रहरीले यस व्यक्तिहरुलाई सार्वजनिक सुरक्षामा असर पुर्याउने गरी गुण्डागर्दी गर्ने, जुवा खेल्ने-खेलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुमाथि जोरजुलुम गर्ने, साथै सर्वसाधारण र विदेशी नागरिकलाई अश्लील क्रियाकलापका लागि सार्वजनिक स्थानमा मोलमोलाई गर्ने आरोपमा पक्राउ गरेको थियो ।