Skip to main content

सुदूरपश्चिमको वन मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त, आजै शपथ ग्रहण गरिने

२३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्री पदमा नियुक्त गरेका हुन् । पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइने तयारी छ । शपथ ग्रहणका लागि साँझ ५ बजे समय तोकिएको छ । गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले स्वयम् सम्हाल्दै आएका थिए । आर्थिक विवादमा परेका तत्कालीन वन मन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।