Skip to main content

मध्यपहाडी लोकमार्गको कालोपत्रे कार्यमा ठेकेदारको ढिलाइ

२५ चैत, पाँचथर। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु नेपाल-भारत सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्म ५०.६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारले ठूलो ढिलाइ गरेको छ। ठेक्का पाएको पाँच वर्ष बितिसक्दा पनि कालोपत्रे कार्य पूरा हुन सकेको छैन। २०७७ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर तीन प्याकेजमा १ अर्ब ४७ करोडको लागतमा काम सुरु गरिएको थियो।