
ह्वाट्सएपले एप्पल कारप्लेका लागि नयाँ अपडेट निकालेको छ जसले चालकलाई सडकमा ध्यान केन्द्रित गर्दै म्यासेज र कल व्यवस्थापन गर्न सहज बनाउनेछ। यस अपडेटले कारको स्क्रिनमा सुव्यवस्थित अन्तरफलक देखाउनेछ र हालैका च्याट तथा कल इतिहास सिधै हेर्ने सुविधा थपिएको छ। प्रयोगकर्ताले iPhone 5 वा पछिल्लो मोडल, iOS १६.४ वा नयाँ भर्सन, र एप्पल कारप्ले समर्थित सवारी आवश्यकता पर्छ। २५ चैत, काठमाडौं।
ह्वाट्सएपले एप्पल कारप्लेका लागि एक महत्वपूर्ण अपडेट उपलब्ध गराएको छ, जसले सवारी चालकहरूलाई सडकमा ध्यान केन्द्रित गरेर महत्त्वपूर्ण म्यासेज र कलहरू सजिलै व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ। लामो परीक्षणपछि ह्वाट्सएपले यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो। पहिलेदेखि कारप्लेमा ह्वाट्सएप प्रयोग सीमित थियो र अधिकांशत: भ्वाइस कमाण्डमा निर्भर रहनुपर्ने थियो, तर अब कारको स्क्रिनमै फोन जस्तै सुव्यवस्थित अन्तरफलक देखिनेछ।
नयाँ अपडेटपछि चालकहरूले कारको डिस्प्लेबाटै हालैका च्याटहरू र कल इतिहासको सूची सिधै हेर्न सक्नेछन्। साथै, धेरै सम्पर्क भएका व्यक्तिहरूका लागि ‘फेभरेट कन्ट्याक्ट्स’ नामक छुट्टै सेक्शन पनि थप गरिएको छ। नयाँ ‘क्विक बटन’ हरूबाट एक ट्यापमै कल गर्न वा आवाजको माध्यमबाट म्यासेज टाइप गरी पठाउन सकिन्छ। यसले चालकको ध्यान सडकबाट विचलित नहुने गरी कुराकानी सुरक्षित र सहज बनाउने विश्वास गरिन्छ।
कारमा ह्वाट्सएप प्रयोग गर्न आवश्यक पर्ने कुराहरू: प्रयोगकर्ताले iPhone 5 वा त्यसपछि आएको मोडलचाहिन्छ। iPhone मा iOS 16.4 वा नयाँ भर्सन हुनुपर्छ। ह्वाट्सएप एप स्टोरबाट सबैभन्दा नयाँ भर्सनमा अपडेट गरिएको हुनुपर्छ। iPhone मा Siri अन हुनु अनिवार्य छ र ह्वाट्सएपमा Face ID वा Touch ID लक लाग्नु हुन्न। सवारी साधनले एप्पल कारप्ले सपोर्ट गर्नुपर्छ। कसरी प्रयोग गर्ने? आफ्नो iPhone लाई कारको सिस्टममा कनेक्ट गरेपछि कारको स्क्रिनमा ह्वाट्सएपको आइकन देखिनेछ। यदि आइकन नदेखिएमा iPhone को Settings > General > CarPlay मा गई आफ्नो कार छनोट गरी ह्वाट्सएपलाई ‘कस्टमाइज’ मेनुको शीर्षमा राख्नुपर्नेछ। त्यसपछि कारको स्क्रिनबाटै कलको जवाफ दिन र म्यासेजको रिप्लाइ गर्न सकिनेछ।






