
महोत्तरी प्रहरीले बैंकिङ कसुरमा एक करोड ३० लाख बिगो रकमसहित पूर्वमठाधीश मानमहन्थ जगन्नाथ दास बैष्णवलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरेको छ। २५ चैत, जनकपुरधाम। एक करोड ३० लाख बिगो रकम बैंकिङ कसुरमा मानमहन्थ जगन्नाथ दास बैष्णव पक्राउ परेका छन्। महोत्तरीको मठिहानी मठका पूर्वमठाधीश दासलाई बैंकिङ कसुरमा महोत्तरी प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशम्भरनाथ साहका अनुसार उनलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






