
सरकारी अनलाइन प्रणालीमा अनधिकृत पहुँच गरी विभिन्न परियोजनाका ठेक्काहरुको विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्। प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ। २५ चैत, काठमाडौं।
विभिन्न परियोजनाका ठेक्काहरुको अनलाइन प्रणालीको विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच गरी विभिन्न ठेक्काको विवरण हेरफेर गरेको उजुरीको आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्। उनीहरूलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएका छन्।






