गुजरातले दिल्लीलाई १ रनले पराजित गर्दै आईपीएल २०२६ मा पहिलो जित दर्ता गर्यो

गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित हासिल गरेको छ। दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाएको थियो, जहाँ केएल राहुलले ९२ रन बनाए। गुजरातका कप्तान शुभमन गिलले ७० रन बनाए भने वासिङ्टन सुन्दर र जस बट्लरले पनि अर्धशतकीय पारी प्रदर्शन गरे। २५ चैत, काठमाडौं।
केएल राहुल र डेभिड मिलरको उत्कृष्ट ब्याटिङका बाबजुद दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा पहिलो हार बेहोरेको छ। बुधबार भएको खेलमा गुजरात टाइटन्सले दिल्लीलाई १ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन मात्र बनाउन सके। राहुलले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै ९२ रन बनाए।
१७औं ओभरको अन्तिम बलमा उनी आउट हुँदा दिल्लीलाई १८ बलमा ४५ रन आवश्यक थियो। त्यहाँबाट डेभिड मिलरले जितको नजिक पुर्याए। १८औं र १९औं ओभरमा कुल ३२ रन जोडेर दिल्लीले ६ बलमा १३ रन चाहियो। अन्तिम ओभर बलिङका लागि प्रसिद्ध कृष्णा आए। मिलर नन स्ट्राइकमा थिए भने विपराज निगम स्ट्राइकमा थिए। पहिलो बलमा विपराजले लङ अफ़ मा चौका प्रहार गरे। दोस्रो बलमा उनी आउट भए। तेस्रो बलमा कुलदीप यादवले १ रन लिएर मिलरलाई स्ट्राइक दिए, चौथो बलमा मिलरले छक्का लगाए। त्यसपछि २ बलमा २ रन आवश्यक थियो। मिलरले एक बल डट खेले र अन्तिम बलमा ब्याट मिस गर्दा बाय रन लिने प्रयासमा कुलदीप रनआउट भए। यसरी गुजरातले १ रनको संकुचित अन्तरले विजयी भएको थियो। मिलर २० बलमा अविजित ४१ रनमा रहने थियाे।
गुजरातले निर्धाारित २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो। गुजरातका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे। ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ७० रन बनाउँदै ४५ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै वासिङ्टन सुन्दरले ५५ र जस बट्लरले ५२ रन बनाए। दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिएका थिए भने कुलदीप यादव र लुंगी एंगिडीले एक-एक विकेट लिए। पहिलो जितसँगै गुजरातको तीन खेलमा २ अंक पुगेको छ भने पहिलो हार ब्यहोरेको दिल्लीको तीन खेलमा ४ अंक छ।






