Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

राष्ट्रिय योजना आयोगमा ६ सदस्यहरूको नियुक्ति

Advertisement800×200-1

२६ चैत, काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्यहरूको नियुक्ति गरेको छ। योजना आयोगका सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ललाई नियुक्त गरिएको छ। सदस्य थापा पूर्व भौतिक मन्त्रालयका सचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन्।

त्यस्तै, डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का वरिष्ठ फेलो हुन्। अर्याल शिक्षाविद् हुन् र उनी पूर्वमा बालेन शाहको काठमाडौं महानगरपालिकामा मेयरको रुपमा कार्य गर्दा सल्लाहकारको भूमिकामा थिए। प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक र अध्यक्ष हुन्। उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन्। यसअघि सरकारले योजना आयोगका उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्ति गरेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर