
नेपाल नागरिक उड्डयनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको बिदाइमा अधिकतम तीन जना मात्र उपस्थित हुन पाउने जानकारी पुनः दिएको छ। विमानस्थल प्रशासनका अनुसार, १० जनासम्मको भीड हुँदा अत्यधिक भिडभाड र सुरक्षा चुनौती थपिने भएकोले यस्तो निर्णय गरिएको हो। प्रशासनले अनावश्यक भीडले स्वदेशी र विदेशी यात्रुहरूको आवागमनमा कठिनाइ पुर्याउने भन्दै कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको छ। २७ चैत, काठमाडौं। नेपाल नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा ३ जनासम्म मात्र उपस्थित हुन पाउने सूचना पुनः जारी गरेको छ। एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा अत्यधिक भिडभाड हुने हुँदा प्रशासनले कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको हो। विमानस्थलले पटकपटक यस्तो अनुरोध गरिरहेको छ, तर भीड घटेको छैन। अनावश्यक भीडले सुरक्षा चुनौती बढ्ने र स्वदेशी तथा विदेशी हवाइ यात्रुको आवागमनमा बाधा पुग्ने विमानस्थल व्यवस्थापनले जनाएको छ। त्यसैले एक यात्रुमा अधिकतम तीन जना आफन्त आएर सहयोग गर्न भनिएको छ।






