Skip to main content

पाटनमा दाजुभाइको हत्या गर्ने अभियुक्त नियन्त्रणमा लिने प्रहरीलाई सम्मान

बुधबार राति ललितपुरको कृष्ण मन्दिर परिसरमा दाजुभाइ सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गर्ने आरोपीलाई महिला प्रहरी र जिल्ला प्रहरी प्रमुखले नियन्त्रणमा लिए। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीलाई नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नगदसहित सम्मान गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

२७ चैत, काठमाडौं। बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या सम्बन्धी आरोपीलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई नगदसहित सम्मान गरिएको छ। बुधबार राति ७:४० बजे ललितपुरको कृष्ण मन्दिरमा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङको हत्या गरी हतियारसहित भाग्दै गरेका अभियुक्तहरुलाई एक्लै लखेटेर नियन्त्रणमा लिन साहसिक काम गरेको र समग्रमा उक्त घटनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीलाई नगदसहित सम्मान गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा पुरस्कार प्रदान गरिएको प्रहरीले जानकारी दिएको छ। बुधबार फोन संवादमा भएको विवादले उग्र रुप लिँदा नेम्बाङ दाजुभाइमाथि सञ्जीव नेपालीले हतियार चलाएर हत्या गरेका थिए।