Skip to main content

सार्वजनिक सवारीमा अनिवार्य आरक्षित सिट राख्न नअघि कारबाही गर्ने सरकारको चेतावनी

२७ चैत, काठमाडौं । सार्वजनिक सवारीसाधनमा आरक्षित सिट अनिवार्य रूपमा नराखिए कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। यात्रुवाहक सवारीसाधनमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाहरूका लागि आरक्षित गरिएको छ। लामो तथा छोटो दुरीका सवारीसाधनले यस्तो सिट अनिवार्य रूपमा नराखेकाले विभागले कारबाहीको चेतावनी दिएको हो।

विभागले लामो दूरीमा सञ्चालन हुने सवारीका हकमा गन्तव्य स्थानतर्फ प्रस्थान गर्नु कम्तिमा चार घण्टा अगाडि नै सिट सुरक्षित राख्नुपर्ने समेत स्पष्ट पारेको छ। विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने क्रममा पनि सोही विषयमा स्मरण गराएको थियो।